काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक महेश शाह विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी आरोपमा कैलाली घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानीस्थित दशरथ माध्यमिक विद्यालयमा कार्यरत राहत शिक्षक शाहविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।
शाहले झुट्टा प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको ओहदा पाउने र सो ओहदामा बहाल रहने मनसाय राखी आफूलाई फाइदा र नेपाल सरकारलाई हानि नोक्सानी पुर्याएको अख्तियारको ठहर छ ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार शाहले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कुल ऐण्ड इण्टरमिडिएट एजुकेशन, यू.पी., राजकीय हुसेनावाद इण्टर कलेज भारतबाट प्राप्त गरेको भनिएको उक्त शैक्षिक योग्यताको प्रमाण-पत्र झुट्टा भएको प्रमाणित भएको छ ।
शाहविरुद्ध प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित कसुर गरेको पुष्टि हुन आएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असोज २०८०, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा
मालपोत कार्यालयका दुई खरिदारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आयोगसमक्ष सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस