दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

सफल खबर संवाददाता

विहीबार, ११ असोज २०८०, २१ : ३३
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ । दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ । राष्ट्रसंघीय मिसनको तेह्रौँ डफ्फाका ९१ जना शान्ति सैनिकहरूको टोली असोज १० गते मिसन इलाकातर्फ प्रस्थान गरेको हो ।

सेनानी डम्मरबहादुर पुनको नेतृत्वमा राष्ट्रसंघको चार्टर्ड विमानद्वारा प्रस्थान गरेको उक्त टोली तारादल गणको अन्तिम टोली हो ।   प्रमुख सेनानी अनिल केसीको कमाण्डमा रहेको सो गणका ६०९ सैनिक भने यसअघि नै मिसन इलाकामा पुगिसकेका छन् ।

यसअघि दक्षिण सुडानमा कार्यरत  श्री शेर गणको बाह्रौँ डफ्फाका  ९१ जना शान्ति सैनिकहरू सोही दिन स्वदेश फर्किएका छन् । 

प्रतिक्रिया दिनुहोस