काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले मूल्यवृद्धि नियन्त्रण गर्ने कोसिस नगरेको बताएका छन् । आज बिहीवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले कोसिस नगरेको बताएका हुन् । उनले दैनिक उपभोग्य वस्तुको अन्धाधुन्ध रूपमा मूल्यवृद्धि भइरहेको बताए ।
मूल्यवृद्धि हुनुपर्ने कुनै औचित्य नहुँदा पनि मूल्यवृद्धि भइरहेको भन्दै उनले यसतर्फ सरकारको ध्यानाकर्षण गराए । मूल्यवृद्धि नियन्त्रणको सम्बन्धमा आफ्नो पार्टीले संसद् चल्दा संसदमा आवाज उठाइरहेको र संसद् नहुँदा पनि विभिन्न माध्यमबाट सरकारको ध्यानाकर्षण गराइरहेको उनले बताए ।
उनले भने, ‘अन्धाधुन्ध रूपमा मूल्यवृद्धि भइरहेको छ, त्यसलाई नियन्त्रण गर्ने सरकारको राम्रो प्रयत्न भइरहेको देखिँदैन । अन्धाधुन्ध भाउ एकैचोटि बढाउने । कुनै औचित्य छैन त्यसमा । थोरै थोरै बढाउनु त एउटा कुरा होला । त्यो बढाउँदा पनि कहीँ छलफल गर्नुपर्ने होला । तर जसरी आफ्नो हिसाबले बढाउने काम भइरहेको छ, यस सन्दर्भमा सरकारको ध्यान हामी पनि आकर्षित गराउन चाहन्छौँ ।’
अध्यक्ष नेपालले माइतीघर मण्डलामा आन्दोलनरत शिक्षकहरूको न्यायोचित र जायज माग पूरा गर्नुपर्ने बताए । उनले आवश्यक कुराहरू विधेयक संशोधन गरेर वा नीतिमा मिलाएर शिक्षकहरूलाई न्याय दिनुपर्ने बर्ताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ असोज २०८०, १९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीका अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार
एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक
एकीकृत समाजवादीद्वारा सचिवालय बैठक आह्वान
नेकपा एसले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र
एकीकृत समाजवादीले देशभर कार्यक्रम गरेर पार्टी स्थापना दिवस मनाउने
एकीकृत समाजवादीले संशोधन गर्यो आन्दोलनको कार्यतालिका (पत्रसहित)