केपी ओलीको अनुरोध : डाक्टरहरुप्रतिको दुर्व्यवहार बन्द गरौँ

सफल खबर संवाददाता

बुधबार, १० असोज २०८०, १५ : ०३
केपी ओलीको अनुरोध : डाक्टरहरुप्रतिको दुर्व्यवहार बन्द गरौँ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डाक्टरहरुमाथिको दुर्व्यवहार बन्द गर्न अनुरोध गरेका छन् ।पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले बुधबार आफ्नो फेसबुक पेजमा पछिल्लो समय डाक्टरहरुमाथि हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखेको भन्दै दुर्व्यवहार बन्द गरेर सम्मान र हार्दिकताको विकास गर्न आग्रह गरेका छन् । 

 

‘मेरो जीवनमा डाक्टरको ठूलो भूमिका छ। डाक्टरको महत्त्व म स्वयंले आफ्नो जीवनमा महसुस गरेको छु ।

आजभोलि उपचार गरिरहेका डाक्टरहरुलाई हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखेको छु’, ओलीले अनुरोध गर्दै भनेका छन्, ‘मेरो अनुरोध छ – डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गरौँ । सम्मान र हार्दिकता विकास गरौँ ।’

प्रतिक्रिया दिनुहोस