एमालेको कर्णाली प्रदेश अधिवेशन आजदेखि, केपी ओलीले उद्‌घाटन गर्ने

सफल खबर संवाददाता

बुधबार, १० असोज २०८०, १३ : ५६
एमालेको कर्णाली प्रदेश अधिवेशन आजदेखि, केपी ओलीले उद्‌घाटन गर्ने

काठमाडौं। नेकपा एमाले कर्णाली प्रदेश अधिवेशन बुधवार सुर्खेतको वीरेन्द्रनगरमा शुरू हुँदैछ ।एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्‌घाटन गर्ने कार्यक्रम छ ।बिहान ११ बजे नै शुरू हुने भनिएको अधिवेशन दिउँसो २ बजेसम्म शुरू हुन सकेको छैन ।

 

ओली पुग्न ढिलो भएका कारण अधिवेशन उद्‌घाटन ढिलो भएको एक नेताले जानकारी दिए ।नेकपा एमालेले लुम्बिनी प्रदेश अधिवेशन सम्पन्न गरिसकेको छ भने बागमती प्रदेश अधिवेशन काठमाडौंमा चलिरहेको छ । नेकपा एमालेको कोशी प्रदेश कमिटी अधिवेशन शुक्रवारदेखि शुरू हुँदैछ । 

प्रतिक्रिया दिनुहोस