काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरको नभएको बताएकी छन्। सोमबार काठमाडौँमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपमेयर डङ्गोलले यो समस्याको दिगो समाधान हुने गरी तत्काल एकीकृत नीति बनाउन संघीय सरकारलाई आग्रहसमेत गरिन्।
उनले यो समस्या देशभरकै सबै सहरहरूमा भएकाले संघीय सरकारले दिगो समाधान दिनेगरी आवश्यक एकीकृत नीति बनाउन ढिलाइ गर्न नहुने पनि स्पष्ट पारिन्। उपमेयर डङ्गोलले सो समस्या समाधानका लागि काठमाडौँ महानगरपालिकालाई दबाब दिने काम नगर्न पनि अनुरोध गरिन्। काठमाडौँ महानगरपालिकालाई कसैको दबाब भन्दा पनि सुझाव आवश्यक रहेको पनि उनको भनाइ थियो।
डङ्गोलले काठमाडौँ महानगरपालिकालाई आफ्ना नीति र कार्यक्रम अनुसार अघि बढिरहेको पनि बताइन्। आजै बिहान उपप्रमुख डङ्गोलले अभियन्ता ‘ईः’लाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ असोज २०८०, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरमा अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभुत स्वास्थ्य सेवा
काठमाडौँ महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी सुनिता डंगोललाई
काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा
काठमाडौँ महानगर आज ३१ औँ स्थापना दिवस मनाउँदै
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्नु : काठमाडौँ महानगर
काठमाडौँ महानगरले २० हजार भन्दा धेरै विद्यार्थीलाई दियो छात्रवृत्ति