काठमाडौं । काठमाडौं र नवलपरासी पूर्वबाट १३ जना जुवातास खेेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।काठमाडौं महानगरपालिका-१६ नयाँबजार बम्बई गल्ली डेरा गरी बस्ने धादिङ गंगाजमुना गाउँपालिका-२ घर भएका ६५ वर्षीय रण बहादुर तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार २ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । नवलपरासी पूर्वको कावासोती नगरपालिका-२ मालपोत चोक बस्ने गोविन्द शर्मा न्यौपानेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने ४२ वर्षीय सुन्दर श्रेष्ठ समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३९ हजार ७० रूपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ असोज २०८०, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ