काठमाडौँ । नेपाली काँग्रेसले मंसिरमा हुने महासमिति बैठक तयारीका लागि चार वटा समिति गठन गरेको छ।
प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दिएको जानकारीअनुसार सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल आयोजक समिति गठन गर्ने निर्णय सोमबारको केन्द्रीय समिति बैठकले गरेको छ।
साथै उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा प्रस्ताव तयारी समिति गठनको निर्णय भएको छ।महामन्त्री गगन थापाको नेतृत्वमा सङ्गठन र अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा राजनीतिक प्रस्ताव समिति गठन भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ असोज २०८०, १९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कांग्रेसले गर्यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस