नयाँ नेतृत्व सकभर सहमतिबाटै चयन गर्नुपर्छ : अष्टलक्ष्मी शाक्य

सफल खबर संवाददाता

सोमबार, ०८ असोज २०८०, १५ : ०१
नयाँ नेतृत्व सकभर सहमतिबाटै चयन गर्नुपर्छ : अष्टलक्ष्मी शाक्य

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व सकभर सहमतिबाटै चयन गर्नुपर्ने बताएकी छन् । 

सोमबार प्रदेश कमिटीको अधिवेशन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले पहिलो प्राथमिकता सहमति भएपनि त्यसमा असफल भए लोकतान्त्रिक विधिमार्फत प्रतिस्पर्धाबाट योग्य र सक्षम नेतृत्व छनोट गर्नुपर्ने बताएकी हुन् । 

‘यो अधिवेशनबाट नयाँ नेतृत्व निर्माणको कुरा गर्दा पहिलो सहमति नै हो’, उपाध्यक्ष शाक्यले भनिन्, ‘सहमति भएन भने लोकतान्त्रिक विधिबाट स्वस्थ प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्नुपर्छ ।’ उनले एमालेभित्र विचार र पद्धतिको नेतृत्व आवश्यक रहेको पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस