परदेशबाट नेपालको विद्रूप तस्वीर देख्दा आत्मग्लानि हुँदोरहेछ : गुरु घिमिरे

सफल खबर संवाददाता

शनिबार, ०६ असोज २०८०, १२ : ३८
परदेशबाट नेपालको विद्रूप तस्वीर देख्दा आत्मग्लानि हुँदोरहेछ : गुरु घिमिरे

काठमाडौं। नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले परदेशमा युवाबाट नेपालको चित्रण सुन्दा बन्ने विद्रूप तस्वीरले आत्मग्लानि हुने बताएका छन् ।बेलायत भ्रमणमा रहेका घिमिरेले सामाजिक संजालमा लेख्दै सानो कमजोरीमा पद त्याग गर्ने राजनीतिक संस्कार बसेको देश र अपराधको भारी बोकेर पनि पदमै झुन्डिरहने प्रवृत्ति देखेर वाक्क लाग्ने बताएका हुन् ।

‘जसले आफूलाई सत्य, ज्ञान र समाधानको मसिहा ठान्छ, ईश्वरलाई पनि हाँसो थाम्न मुस्किल पर्छ– अल्बर्टआईन्सटाइन’ बेलायतमा भ्रमणमा रहेका गुरुले सामाजिक संजालमा लेखेका छन्, ‘नेपालमा केही वर्ष नदेखिएका राजनीतिक युवाहरूसँग परदेशमा जम्काभेट हुँदा र उनीहरूबाट नेपालको चित्रण सुन्दा जुन विद्रूप तस्वीर बन्छ, साह्रै आत्मग्लानि हुँदो रहेछ । सानो कमजोरी हुँदा पनि पद त्याग गरेर मार्ग प्रशस्त गरिदिने राजनीतिक संस्कार बसेको देश र अपराधको भारी बोकेर पनि पदमै झुन्डिरहने प्रवृत्ति देखेर वाक्क लाग्दो रहेछ। हे भगवान ! भावी पुस्ताले हामीलाई नालायक पुर्खा भनेर धिक्कार्ने भयो, के गर्ने होला ?’

प्रतिक्रिया दिनुहोस