चिर्पट प्रहार गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ०२ असोज २०८०, १२ : २२
चिर्पट प्रहार गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कपिलवस्तु । चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । आफ्नै बुवा ६० वर्षीय बल बहादुर परियारलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा वाणगंगा नगरपालिका–८ पुलचोक बस्ने २६ वर्षीय बिकाश परियारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको क्रममा बिकाशले चिर्पटले प्रहार गर्दा बलबहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बलबहादुरको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस