देश प्रतिकूल अवस्थामा छ, अब युवा हस्तक्षेपको आवश्यकता छ : केपी ओली

सफल खबर संवाददाता

शनिबार, ३० भदौ २०८०, १५ : २१
देश प्रतिकूल अवस्थामा छ, अब युवा हस्तक्षेपको आवश्यकता छ : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समय देश अत्यन्तै प्रतिकूल अवस्थामा रहेको बताउँदै युवा हस्तक्षेपको आवश्यकता रहेको बताए । शनिवार काठमाडौँमा भएको बासँग बालबालिका कार्यक्रममा बोल्दै उनले  विकासको हिसाबले, सुशासनको हिसाबले, हरेक हिसाबले देश नराम्रो अवस्थामा रहेको बताउँदै यसपछि देश सुध्रिने बाटोमा जानै पर्ने बताए ।

अध्यक्ष ओलीले भने– ‘अब युवा हस्तक्षेपको आवश्यकता छ, युवाहरूले यसमा हस्तक्षेप गर्नुपर्छ । त्यतिकै कुनै अनुभव नभएका मान्छेले आवेशमा देशको नेतृत्व गर्छन् भन्ने कुरा गलत हो । पानीमा नपसेको मान्छेले पौडी राम्रो खेल्छ भन्नु गलत हो । फुटबल ग्राउन्डमा नपसेको मान्छेले फुटबल राम्रो खेल्छ भन्नु गलत हो । त्यो सम्भव छैन, त्यसकारण जे सुकै कुराको लागि पनि अनुभव चाहिन्छ ।

उनले युवाले राजनीतिक हस्तक्षेप गर्न आवश्यक रहेको बताउँदै त्यसका लागि परिपक्व पार्टी, परिपक्व साथ लिएर राष्ट्रिय अभियान चलाउन आवश्यक रहेको बताउँदै त्यसपछि मात्रै देश बनाउन सकिने बताए । उनले अबको २० वर्षपछि नेपाल विकसित र दुनियाँलाई आकर्षित बनाउने हुने बताए ।

प्रतिक्रिया दिनुहोस