१२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धति रोक्नुपर्छ : अर्थमन्त्री महत

सफल खबर संवाददाता

बुधबार, २७ भदौ २०८०, १९ : ४९
१२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धति रोक्नुपर्छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले १२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धति रोक्नुपर्ने आवश्यकता देखिएको बताएका छन ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताए । उनले पछिल्लो समय १२ कक्षा पास गर्न नपाउँदै विदेश जाने पद्धतीको विकास भएको भन्दै सरकारले रोक्ने अभियान चालउन आवश्यक रहेको बताए ।

अर्थमन्त्री महतले विदेशमा गएपछि सबै समस्या हल हुनेगरी शैक्षिक परामर्श केन्द्रहरुले प्रचार गरेको बताए। उनले आफू पनि विदेशमा बसेर आएको हुनाले विदेशमा भनेको जस्तो सहज अवस्था नभएको उल्लेख गरे । अर्थमन्त्री महतले नेपालमा नै धेरै श्रमशक्तिहरुको आवश्यकता रहेको भएपनि विदेश जाने पद्धतिले समस्या निम्त्याएको दाबी गरे । उनले सरकाले नेपालको शिक्षा प्रणालीलाई सुधार गर्न आवश्यक रहेको बताए।

उनले नेपालमा नम्बरका आधारमा धेरै विश्व विद्यालयहरु खोल्ने डिन र भिषी बन्ने तर विद्यार्थीको शिक्षामा गुणस्तर वृद्धि नगर्ने अवस्था रहेको भन्दै अब सरकारले लगानी गरेर शिक्षा प्रणाली सुधार गर्ने बताए । उनले सरकारसँग स्रोत कम भएकोले पर्याप्त बजेट व्यवस्थापन गर्नसके आगामी दिनमा शिक्षा क्षेत्रमा सुधार आउने विश्वास रहेको उल्लेख गरे । उनले देशको आर्थिक स्रोत कम रहेको तर आवश्यकताहरु धेरै रहेको उल्लेख गर्दै सबै मागहरुलाई सरकारले एकै पटक पूरा गर्नसक्ने जिकिर गरे।

उनले भने,‘विदेशमा पठाउने कन्सलट्यान्सीहरुले विदेशमा गए सबै कुरा समाधान हुनेगरी विज्ञापन गरी रहेका छन् । तर विदेशमा जानेबित्तिकै सबै समस्या समाधान हुन्छ भन्ने छैन । विदेशमा जानेहरु ठूलो समस्यामा हुनुहुन्छ । स्वदेश फर्कन वा बस्नु भन्ने समस्याहरु छन् । नेपालमा नै धेरै ठूलो श्रम शक्तिको माग रहेको छ । नेपालको शिक्षक बन्न चाहेकका छैनौं । विदेशमा शिक्षक बन्ने कुरा फरक कुरा हो । १२ कक्षा पास गर्ने वितिकै विदेशमा जाने ट्रेनलाई रोक्न अभियान थाल्नुपर्छ । नेपालको शिक्षा प्रणालीलाई सुधार गर्नुपर्छ भन्ने पक्षमा सरकार पनि रहेको छ । नम्बरका आधारमा धेरै विश्व विद्यालयहरु खोल्ने डिन र भिषी हुने तर विद्यार्थीको शिक्षामा गुणस्तर वृद्धि गर्न सरकारले लगानी गर्नुपर्छ । सरकारसँग स्रोत कम भएकोले प्रर्याप्त बजेट व्यवस्थापन गर्न सकेको छै्रनौँ । आगामी दिनमा शिक्षा क्षेत्रमा सुधार आउँछ । यो विषयमा सरकार गम्भिर छ । देशको आर्थिक स्रोत कम छ तर आवश्यकताहरु धेरै छ । सबै मागहरुलाई सरकारले एकै पटक पूरा गर्न सक्दैन । सरकार र प्रतिपक्षमा हुने सबैले एकतावद्ध भएर देश विकासको लागि पहिलो प्राथमिकता के हो त्यो छुट्याएर लगानी गर्न आवश्यक छ । सरकारले जुन देशले जे दिए पनि वैदेशिक सहयोग लिने कुरा छाड्नुपर्छ ।’

उनले सरकार र प्रतिपक्षमा हुने सबैले एकतावद्ध भएर देश विकासको लागि प्राथमिकताका आधारमा लगानी गर्न आवश्यक रहेको बताए । उनले वैदेशिक लगानी मुलुकको हीतको लागि भएरनभएको हेरेर मात्रै लिने नीति लिन आवश्यक रहेको बताए ।

 
 

प्रतिक्रिया दिनुहोस