काठमाडौँ । केही स्थानीय तहले निजामती सेवा दिवस बहिस्कार गर्ने निर्णय गरेका छन् । स्थानीय तहमा कार्यरत कर्मचारीहरूको सेवा, सुविधा, वृत्ति विकासका सुनिश्चितता नभएको र संघीय निजामती सेवा ऐनको मस्यौदामा स्थानीय तहका कर्मचारीलाई निजामती परिभाषामा नसमेटेको भन्दै विरोध स्वरूप दिवस नमनाउने निर्णय गरेका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भदौ ४ गतेको निजामती सेवा दिवस मनाउन सबै स्थानीय तहलाई गरेको परिपत्रको जवाफमा पालिकाहरूले नमनाउने पत्र मन्त्रालयलाई पठाएका हुन् ।
संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन ल्याउनु पर्ने, सेवा समूहको आधारमा सरकारी सेवाको प्रवेशद्वार स्थानीय सेवामा मात्र हुनुपर्ने, प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको हुनुपर्ने, स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको पूर्ण सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग उनीहरूको छ ।
साथै अन्तर प्रदेश सरुवाको व्यवस्था संघीय ऐनमा नै खुलाउनु पर्ने, सरुवा प्रणालीलाई सहमतिका आधारमा नभई अनुमानयोग्य चक्रीय प्रणालीमा आधारित हुनुपर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीको सेवा, सुविधा र वृत्ति विकास सम्बन्धमा एकरूपता गर्नुपर्ने, निजामती अस्पतालमा सै सरकारी कर्मचारी समेटिनु पर्ने र स्थानीय तहमा कार्यरत कर्मचारीलाई कुनै पनि संघीय सेवाको पदमा उमेर हद नलाग्ने तथा सेवा अवधि गणना हुने व्यवस्था गरिनुपर्ने माग पत्रमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ भदौ २०८०, २१ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती सेवा दिवसमा प्रधानमन्त्रीको सन्देश : नागरिकलाई झन्झट दिने कार्य अब सह्य हुँदैन