सन्दीपको मुद्दामा पीडितको जन्ममितिको कागज झिकाउन आदेश

सफल खबर संवाददाता

विहीबार, २१ भदौ २०८०, १८ : ५९
सन्दीपको मुद्दामा पीडितको जन्ममितिको कागज झिकाउन आदेश

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा बिहीबार पनि आदेश नहुने भएको छ। न्यायाधीश सकुन्तला कार्कीको इजलासले मुद्दामा पुन: पीडितको जन्ममितिको कागज मगाउने आदेश गरेको छ। 

अदालतले काठमाडौँको एक स्थानीय तहबाट २०६९/१०/१५ मा नुवाकोटमा बसाइसराई गरी जाने क्रममा काठमाडौँको स्थानीय तहमा पेश गरेको कागजातको अभिलेख झिकाउने आदेश दिएको छ । यसअघि बसाइसराई गरी गएको स्थानीय तहबाट कागज मगाएको थियो ।

यसअघि लामिछानेले अदालतमा पेश गरेका कागजात कहाँबाट ल्याइएको भन्दै प्रश्न गरेका थिए। सन्दीपले आफ्ना शुभेच्छुकले दिएको जवाफ दिएका थिए।