सम्बन्धन खारेज भएपछि पछाडिबाट पत्र दिनु गलत हो : पुर्व गृहमन्त्री शर्मा

शुक्रबार, ०१ भदौ २०७५, १४ : ३२
सम्बन्धन खारेज भएपछि पछाडिबाट पत्र दिनु गलत हो : पुर्व गृहमन्त्री शर्मा

चितवन : पुर्व गृहमन्त्री जर्नादन शर्माले कृषि तथा वन विज्ञान विश्वविद्याल रामपुरले बाडे्को सम्बन्धन खारेज भएपनि भित्र भित्रै पछाडिबाट अर्को पत्र दिईएको भन्दै आपत्ती जनाउनुभयो ।
अखिल (क्रान्तीकारी) कृषि तथा वन विज्ञान विश्वविद्यालय समितिले आयोजना गरेको बिदाई कार्यक्रममा शर्माले गुपचुपमा बाढेको सम्बन्धन विद्यार्थीहरुको आन्दोलनपछि सरकारले खारेज गरेपनि पछाडिबाट अर्को पत्र थामाईको भन्ने कुरा आएको जानकारी दिनुभयो । यो दुरभाग्य हो ,उहाँले भन्नुभयो, “त्यो पत्र मान्य हुने छैन । सम्बन्धन दिने विषयमा अलि गम्भिर बन्नुहोस् ।”
शर्माले कुन प्रदेशमा कति जग्गा चाहिएको हो त्यसको जिम्मा सरकारलाई दिन आग्रह गर्नुभयो । कति हजार विद्यार्थी नेपाललाई चाहिने हो ,उहाँले भन्नुभयो,“त्यसको हिसाब किताब गर्नुहोस् ।  अनि पढाई पनि सुरु गर्नुहोस् ।
कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरका भिसि र डिनलाई सम्बन्धन बाढ्न भन्दा कृषि क्षेत्रको समृद्धिको नेतृत्व तयार हुन अनुरोध गर्नुभयो ।
डिन सायब यहि हुनुहुन्छ होला,उहाँले भन्नुभयो,“यो कुरा भिसि समक्ष पुराउनु होला । म तपाईलाई अनुरोध गर्न चाहान्छु ।”

कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका अन्तिम बर्षका विद्यार्थीहरुलाई मायाको चिनो ,प्रमाण पत्र र खादा ओडार पुर्वमन्त्री शर्माले सम्मान गर्नु भएको थियो । कार्यक्रममा नेकपा चितवनका नेता यम बहादुर परियार ,तेजेन्द्र खड्का ,क्याम्पसका प्रधायापकहरुले मन्त्वय व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस