काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ हजार रुपैयाँ घुससहित नेपाल विद्युत प्राधिकरण, इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतोलाई पक्राउ गरेको छ।
महतोले उद्योगमा विद्युत क्षमतावृद्धि गरिदिए वापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
उनको साथबाट सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुसबापतको रकम भेटिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए। घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी उनले दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ भदौ २०८०, १९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा
मालपोत कार्यालयका दुई खरिदारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आयोगसमक्ष सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस