काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ हजार रुपैयाँ घुससहित नेपाल विद्युत प्राधिकरण, इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतोलाई पक्राउ गरेको छ।
महतोले उद्योगमा विद्युत क्षमतावृद्धि गरिदिए वापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
उनको साथबाट सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुसबापतको रकम भेटिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए। घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी उनले दिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ भदौ २०८०, १९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरकानुनी रूपमा एक करोड बढी आर्जन गर्ने नापी अधिकृतविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन
भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको संख्या तेब्बरले वृद्धि
घुससहित पक्राउ परेका अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाका उम्मेदवार चौधरीसहित नौ जनालाई अख्तियारले बोलायो