काठमाडौं । जलस्रोत अनुसन्धान विकास केन्द्र पुलचोकका लेखा अधिकृत तोरणबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। ४ करोड ६७ लाख ३८ हजार ७ सय ८० रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीविरुद्ध मंगलबार गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। २०५३ जेठ १७ देखि २०७९ मंसिर २८ सम्म कार्कीले आर्जन गरेको सम्पत्ति अनुसन्धान गर्दा वैध आय १ करोड ८ लाख ४८ हजार ५ सय ९० मात्रै देखिएको अख्तियारले दायर गरेको अभियोगपत्रमा उल्लेख छ।
अख्तियारले स्रोत नखुलेको सम्पत्तिलाई बिगो कायम गरी त्यति नै जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत र कैद सजाय माग दाबी गरेको छ। सम्पत्ति जफतका लागि अख्तियारले कार्कीकी पत्नी उर्मिला थापा कार्कीलाई समेत प्रतिवादी बनाइएको छ।
अनुसन्धानका क्रममा कार्की उनको परिवारका नाममा ५ करोड ७५ लाख ८७ हजार ३ सय ७० रुपैयाँ भेटिएको अख्तियारले जनाएको छ। कार्कीले घर निर्माण, जग्गा खरिद तथा विभिन्न कम्पनीमा सेयर लगायतमा स्रोत नखुलेको सम्पत्ति जोडेको पनि भेटिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ भदौ २०८०, १९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घुस रकमसहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर
सोलुखुम्बु मालपोतका तत्कालीन खरिदार र नापीका अमिनसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लुम्बिनी विकास कोषका योजना प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
वाइडवडी प्रकरणमा पूर्वमन्त्री र सचिवसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा