सरकारले निजी क्षेत्रलाई निरुत्साहित गरेको नेपाली कांग्रेसको आरोप

सफल खबर संवाददाता

विहीबार, ३१ साउन २०७५, १७ : ०१
सरकारले निजी क्षेत्रलाई निरुत्साहित गरेको नेपाली कांग्रेसको आरोप

फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले निजी क्षेत्रलाई निरुत्साहित गरेको आरोप लगाएको छ ।
बिहीबार काठमाडौँमा समसामयिक अर्थ राजनीतिको समीक्षा कार्यक्रमको आयोजना गर्दै कांग्रेसले सरकारले हावादारी कुरा गरेकाले समृद्धिको सपना पूरा नहुने समेत दाबी गरेको छ । सरकारले जनचाहना विपरित काम गरेको भन्दै गलत कामको सशक्त प्रतिवाद गर्न कांग्रेस शीर्ष नेताहरुले कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।
कार्यक्रममा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले गरिब नागरिकको ढाड सेक्ने गरी कर वृद्धि गरेको भन्दै सरकारको आलोचना गर्नुभयो ।
त्यस्तै कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतले मुलुकको आर्थिक अवस्था धरासायी भएको टिप्पणी गर्नुभयो । निजी क्षेत्रलाई निरुत्साहित गरेर समृद्धि हासिल हुन नसक्ने भन्दै उहाँले विश्वासमा लिन आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस