दरबार हत्याकाण्डकी जिवित साक्षी हिमानी शाहको बयान

विहीबार, ३१ साउन २०७५, १२ : १६

चितवन : नारायणहिटि राजदरबारमा १८ बर्ष अघि घटेको हत्याकाण्ड अहिले पनि रहस्यमय नै छ  । राजा वीरेन्द्रको वंश नै समाप्त हुने गरी भएको हत्याकाण्डबारे तत्कालिन प्रधानन्याधिश केशव प्रसाद उपाध्ययको अध्यक्षतामा गठित सभामुख तारानाथ रानाभाट सदस्य भएको उच्चस्तरीय आयोगलाई हिमानी शाहले कस्तो बयान दिएका थिए त । दरबार हत्याकाण्ड बारेमा हिमानीले दिएको बयान जस्ताको त्यस्तै :
 

समिति: त्यो १९ गतेको पारिवारिक जमघटमा सरकारको सवरी भएको भन्ने कुरा आइराखेको छ । लिष्ट प्राप्त ग¥यौ । अब सरकारलाई के कति सम्झना छ ? डिटेलमा पाउन पाएदेखि हामीलाई रिर्पोटको लागि सजिलो पर्छ । 
 

हिमानी : डिटेलमा त अब के भयो हामीलाई त्यो त थाहा भएन । तर सुरुदेखिन पहिला हामी गएको आफुमुमा सवारी भयो ८ बजे । त्यसपछि ठुलो बुवा सवरी हुँदाखेरी अलि अगाडि समेत मलाई थाहा छैन ठुलो बुवा सवरी हुनु भन्दा पहिले क्राउन प्रिन्सलाई निराजन सरकार ,पारस, राजीव ज्वाई ,गोरखले बोकेर खोपीमा सवारी चलको । पछि महाराजधिराज सवरी भएको एकै पटक ड्याङग आवाज आयो । अनि.......अनि त्यसपछि कान्छो बुवा अगाडि सर्नु भयो । कान्छा बुवालई हानी बक्स्यो अनि कुना तिर यसो साईड परेर लुकेर हामी बसिराखेका थियौ अनि त्यसपछि चुप लागेर बस्यौ .....त्यसपछि फेरी आएर परर पर्र बन्दुक पड्केको सुनेको त्यति नै । 

समिति : यसमा ,अतिरिक्त जानकारी सरकारलाई छ ,छैन ? अनि आफ्नो चाही ? 

हिमानी: हामी तिर पनि बन्दुक तेस्याइ रहनु भएको थियो । 

समितिः सरकारहरु चाही उतापट्टी राज होइ बक्सेको होला ,बारको उतापट्टी ? 

हिमानी :डाईनिङ रुम जाने एउटा डोर छ नि त्यसैको यहाँ पट्टी कर्नरमा त्यसमा हामी थियौ ।

समिति : कहाँनेर ? 
हिमानी : यतापट्टी चाहिने यतापट्टी साईडमा म थिए । 
समिति : अनि त्यो बगौचाँको कुरा ?
हिमानी : बन्दुकहरु पड्को मात्र सुने । अनि हिमानी रोकिन् । 

 
 
 

प्रतिक्रिया दिनुहोस