प्रधानमन्त्री दाहालद्वारा रक्षामन्त्री खड्काको स्वास्थ्यलाभको कामना

सफल खबर संवाददाता

विहीबार, १४ भदौ २०८०, १९ : १४
प्रधानमन्त्री दाहालद्वारा रक्षामन्त्री खड्काको स्वास्थ्यलाभको कामना

काठमाडौँ। प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डले काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्कालाई भेटेका छन् । बिहीबार साँझ अस्पताल पुगेर प्रधानमन्त्री प्रचण्डले रक्षामन्त्री खड्काको सिघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।

प्रोस्टेडबाट पीडित रक्षामन्त्री खड्का बुधबार अस्पताल भर्ना भएका हुन् । उनको सचिवालयका अनुसार खड्काको बुधवार राति नै प्रोस्टेडको अपरेसन गरिएको छ । उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।

प्रतिक्रिया दिनुहोस