उधारो सहमति मान्य हुदैन् भन्दै अनेरास्ववियूले जलायो सहमति पत्र

सफल खबर संवाददाता

विहीबार, १४ भदौ २०८०, १२ : १५
उधारो सहमति मान्य हुदैन् भन्दै अनेरास्ववियूले जलायो सहमति पत्र

काठमाडौँ । अनेरास्ववियूले बालुवाटारमा गरिएको उधारो सहमति मान्य हुदैन् भन्दै सहमति पत्र जलाएका छन् । बिहीबार सरकारी विद्यार्थी संगठनलाई बालुवाटार बोलाएर गरिएको उधारो सहमति नमान्ने भन्दै विरोध गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्क वृद्धिबारे बालुवाटारमा गरिएको उधारो सहमति मान्य नहुने उनिहरुको भनाई छ । ‘शुल्क वृद्धि फिर्ता नभएसम्म आन्दोलन सरकारवादी संगठनलाई अनसनको नाटक मञ्चन गराएर बालुवाटारमा गरिएको उधारो सहमति अनेरास्ववियुलाई मान्य हुँदैन । ’

यसअघि आजै सत्ता गठबन्धन आवद्ध विद्यार्थी संघहरुसँग सहमति भएको थियो । उनीहरूले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा र शिक्षाध्यक्ष शिवलाल भुसालसँग पाँचबुँदे सहमति गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस