काठमाडौँ । महासचिव शंकर पोखरेलको नेतृत्वमा एमालेको जम्बो टोली चीन भ्रमणमा जाने भएको छ । भदौ १७ गते एमालेका २१ जना नेता चीन भ्रमणमा जान लागेका हुन्।उनीहरु चीनको बेइजिङ, ग्वान्जाओ लगायतका शहरको भ्रमण तथा चिनियाँ नेताहरुसँगको भेटवार्ता सकेर भदौ २९ गते नेपाल फर्कने बुझिएको छ ।
एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा जान लागेको बताए ।तर भट्टराईले भ्रमणबारे विस्तृत जानकारी केही दिनमा पत्रकार सम्मेलन गरेर जानकारी दिने भन्दै अहिले प्रक्रियामै रहेकाले सबै कुरा भन्न नसकिने प्रतिक्रिया दिए ।
स्रोतका अनुसार महासचिव पोखरेलसहित विदेश विभाग प्रमख राजन भट्टराई, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य ज्वालाकुमारी साह, केन्द्रीय सदस्यहरू अजय गुप्ता, नीरज आचार्य, कपिल पोखरेल, पीताम्बर भुसाल, सहदेव बोगटी, राम राना पनि भ्रमण टोलीमा रहेका छन् ।
त्यसैगरी युवा संघका अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियु अध्यक्ष समीक बडाल, अखिल नेपाल महिला संघ अध्यक्ष टुका हमाल, प्रेस चौतारीका राजेश राई, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) महासचिव लक्ष्मण शर्मा पनि भ्रमण टोलीमा रहेको बुझिएको छ ।
त्यसबाहेक गोपाल खनाल, मञ्जु गुरुङ, कल्पना थापा, मानवीर राई, रचना खड्का तथा महासचिव पोखरेलका स्वकीय सचिव सरोज रेग्मी पनि चीन भ्रमणमा जाने तयारीमा रहेको बुझिएको छ । यसअघि जेठ पहिलो साता नेकपा माओवादी केन्द्रका नेता अग्नी सापकोटोको नेतृत्वमा २० सदस्यीय टोलीले चीन भ्रमण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ भदौ २०८०, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत
प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै
पूर्वराष्ट्रपति चीन भ्रमणबाट स्वदेश फिर्ता
माओवादी केन्द्रका उच्चस्तरीय टोली चीन भ्रमणमा जाँदै
विपिन जोशीको रिहाइको पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा
प्रधानमन्त्री ओली चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान