सिन्धुली । बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ खनियाँखर्कबाट मगंलवार २० किलोग्राम अवैध चाँदीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रहरी चौकी गढीबाट खटिएको प्रहरी टोलीले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च १०६९ नम्बरको कारकोमा लुकाई छिपाई राखेको २० किलोग्राम अवैध चाँदीसहित दुई जनालाई पक्राउ गरेको हो।
बरामद गरिएको चाँदीको हालको मूल्य २४ लाख ६१ हजार ७६० रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका– ५ बस्ने रोहीत कुमार यादव र सप्तरीको राजविराज नगरपालिका –८ घरभई विराटनगर महानगरपालिका– ४ बस्ने ३७ बर्षका शेचन मानन्धर रहेका छन्।
नियन्त्रणमा लिएको चाँदी थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशव कटुवालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ भदौ २०८०, २१ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करिब ४ सय ७० किलो गाँजासहित ट्रक चालक पक्राउ
सप्तरीमा हवाई फायर गरेर लागु औषधसहित दुई जना पक्राउ
भरुवा बन्दुकसहित एक पुरुष पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ
दाजुको हत्या गरी फरार युवक पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ