वित्तीय संस्था कर्मचारी संघको अध्यक्षमा अच्युतम पौडेल

सफल खबर संवाददाता

आइतबार, १० भदौ २०८०, १५ : २३
वित्तीय संस्था कर्मचारी संघको अध्यक्षमा अच्युतम पौडेल

काठमाडौँ । नेपाल वित्तीय संस्था कर्मचारी संघको नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार राजधानीमा सम्पन्न संघको अधिवेशनले अध्यक्ष पौडेलको अध्यक्षमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा शान्ता ढुंगाना चयन भएकी छिन् भने महासचिवमा सुर्य प्रसाद दाहाल, उप महासचिवमा अनिल बस्नेत र कोषाध्यक्षमा बिमलेश यादव चयन भएका छन् । खुल्ला निर्वाचनबाट निर्वाचित सदस्यहरुमा प्रदीप अधिकारी, सल्यान केसी, निशा खतिवडा, रविन बिक, प्रकाश गौतम चयन भएका छन् । 

यसैगरी संघको महिला संयोजकमा मिनाक्षी पन्त र युवा संयोजकमा नरेन्द्र सुनार चयन भएका छन् । अद्यद्वारा मनोनीत एक सदस्य बाँकी राखिएको निर्वाचन समितिले जानकारी दिएको छ । यसअघिको कार्यसमितिको अध्यक्षमा देव गुरागाईँ रहेका थिए । 

प्रतिक्रिया दिनुहोस