अधिकारको खोजि गर्दा सामाजिक सद्भाव बिग्रियो भन्ने गल्ती नगरौं : सांसद सुनार

सफल खबर संवाददाता

आइतबार, १० भदौ २०८०, १४ : ०६
अधिकारको खोजि गर्दा सामाजिक सद्भाव बिग्रियो भन्ने गल्ती नगरौं : सांसद सुनार

काठमाडौं । राष्ट्रिय सभाका सांसद भुवनबहादुर सुनारले अधिकारको खोजि गर्दा सामाजिक सद्भाव बिग्रियो भन्न नमिल्ने बताएका छन । आईतवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले अधिकारको माग गर्नेहरुलाई सामाजिक सद्भाव बिगार्ने काम ग¥यो भनेर गलत अर्थ लगाउने नहुने समेत बताए । उनले सबै जाति र समुदायले मिलेर देश बनाउने बेलामा जातीय विभेद खडा गर्न नहुने बताए । सांसद सुनारले जातीय आधारमा साना र ठूला भन्ने काम गर्न नहुने पटकपटक दोहो¥याए ।

उनले भने, ‘अधिकार चाहियो भन्दा सामाजिक सद्भाव बिग्रियो भनेर गलत अर्थ लगाउने प्रयास भइरहेको छ । त्यसो नभई हामीले यसमा गल्ती गरेका रहेछौं भनेर करेक्शन गर्न लाग्नुपर्ने हो । हामी सबै एक भएर देश बनाउनु पर्छ । देश विकसित बनाउनु पर्छ भन्ने हामीमा पैदा होस् भन्ने कामना गर्दछ । अहिलेको समयमा पनि साना र ठूलो भनेर भेदभाव गर्नुहुन्न ।’

सांसद सुनारले निजामति सेवामा पनि जनसंख्याको आधारमा उत्पीडित दलीय समुदायको प्रतिनिधित्व हुनुपर्ने दोहो¥याए ।

प्रतिक्रिया दिनुहोस