क्यानडा । गैरआबासीय नेपाली संघ (एनआरएनए) को एघारौं महाधिबेशनमा संघका बर्तमान अमेरिकन रिजनका सह–संयोजक अभिमन्यु बस्नेतले सहकोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।
केही दिनमा आगामी कार्ययोजना सहित औपचारिक उम्मेदवारी घोषणा गर्ने तयारी रहेको बताउदै बस्नेतले एनआरएनएमा आफ्नो सकृयता, कृयाशिलता र निरन्तरताका लागि सहकोषाध्यक्षमा उम्मेदवारी दिएको बताए । उनले उक्त पदमा यस अभियानमा आफूभन्दा सिनियर मान्छे कोही आउँदा आफूले छाडिदिने बताए ।
हाल भद्रगोल अवस्थामा चलिरहेको संघको आर्थिक प्रणालीलाई बर्तमान कार्यकालमा ब्यबस्थित गर्नको लागि धेरै मेहनत गर्नुपर्ने र त्यसको लागि संघलाई आफ्नो उर्जा र इमान्दारिताले योगदान गर्नको लागि आफ्नो उम्मेद्वारि आबस्यक रहेको बस्नेतको तर्क रहेको छ ।
गैर आबासीय नेपाली संघ क्यानडाको विभिन्न पदमा रहँदै आईसिसि सदस्य, विभिन्न टास्कफोर्समा रही हाल अमेरिकन क्षेत्र डिआरसीको जिम्मेवारीलाई संस्थागत मर्यादा र निष्ठापूर्वक निभाएका बस्नेतलाई संगठनका अग्रज र समकालिनहरुको पनि समर्थन रहेको छ ।
सबैसँग मिलेर काम गर्न सक्ने र पाएको जिम्मेवारिलाई इमान्दारिता पूर्वक सम्पन्न गर्न सक्ने ब्यक्तिका रुपमा बस्नेतले एनआरएनमा आफ्नो परिचय बनाएका छन ।नेपाललगाएत विश्वका बिभिन्न देशमा मानबीय सेवा ,अन्य कल्याणकारि काम र परोपकारी कामको लागी सधै कृयाशिल बस्नेत यो अभियानमा पनि केही दिनको लागी आउन लागेको बताउँछन ।
आफ्नै मेहनत र इमान्दारिताले सफल ब्यक्तिको रुपमा स्थापित भएका बस्नेत संघमा पनि पदीय जिम्मेवारीलाई संस्थाको उन्नति र प्रगतिका लागि प्रयोग गर्ने संस्कार बसाल्न अत्यन्त जरुरी भएको र त्यसका लागि कडा अनुशासन कायम गर्नु आबस्यक रहेको बताउँछन ।
आम प्रवासी नेपालीहरुमा एनआरएनए प्रतिको भरोसामा कमि आएको वास्तविकतालाई स्वीकारेर बिधि बिधान, आर्थिक पारदर्शिता र नेतृत्वमा इमान्दारिता कायम गर्नको लागि सह कोषाध्यक्षको जिम्मेवारि लिन चाहेको र त्यसका लागि सबै गैरआवाशिय नेपालीहरुको समर्थन रहने कुरामा आफू विश्वस्त रहेको बस्नेतले बताए ।
बिगतमा सुरु भएका राम्रा आर्थिक नीति र कार्यक्रमलाई संस्थागत गर्ने , आर्थिक रुपमा संस्थालाई आत्मनिर्भर र पारदर्शी बनाउने, संस्थामा आर्थिक पारदर्शितासहित चुहावट रोक्ने लगाएतका परिवर्तनकारी योजना सहित छिट्टै औपचारिक कार्यक्रम गरि आफु अगाडी बढ़ने जनाउदै बस्नेतले आफ्नो अभियानलाई साथ दिन सबै गैरआवासीय नेपालीलाई आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ भदौ २०८०, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की
एनआरएनएद्वारा ७५ लाख ४४ हजार लागतमा काठमाडौं ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण
संकटको सारथि बन्दै श्रेष्ठ नेतृत्वको एनआरएनए
सर्वोच्चमा आज एनआरएनएको मुद्दामा सुनुवाइ, के आउला फैसला ?