सुन तस्करी प्रकरण : सीआईबीले माग्यो सर्वसाधारणबाट सूचना

सफल खबर संवाददाता

शनिबार, ०९ भदौ २०८०, ०६ : ३९
सुन तस्करी प्रकरण : सीआईबीले माग्यो सर्वसाधारणबाट सूचना

काठमाडौ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले  सुन तस्करी प्रकरणसँग सम्बन्धित केही सूचना, तथ्य वा प्रमाण भएमा जानकारी दिन सार्वजनिक आह्वान गरेको छ । 
                                 
ब्युरोले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘सो सम्बन्धमा कसैसँग केही सूचना, तथ्य वा प्रमाण भएमा यस ब्युरोको इमेल ठेगाना  [email protected]  मा पठाई सहयोग गर्नु हुन वा यस ब्युरोका सूचना अधिकारीको सम्पर्क नम्बर ९८५१२९१३११ मा समेत सम्पर्क राख्न अनुरोध गर्दछौँ ।

साथै सो सम्बन्धमा भएका सूचना, तथ्य वा प्रमाण यस कार्यालयमा प्रत्यक्ष रूपमा आई उपलब्ध गराउन सकिने  छ  । यसरी प्राप्त भएको जानकारी वा सूचनाको श्रोत गोप्य रहने कुरा सबैमा जानकारी गराउन चाहन्छौ ।’
 आम नागरिकको साथ सहयोग र सहकार्यबाट  अपराध अनुसन्धान सत्य र तथ्यमा पुग्ने  भन्दै ब्युरोले सो कार्यमा  सकारात्मक सहयोगको अपेक्षा  पनि गरेको छ । 

केही पहिले विभिन्न गिरोहले अवैध रूपमा भन्सार छली ल्याएको सुन प्रकरणका सम्बन्धमा सीआईबीले अनुसन्धान गर्दै आएको छ ।