५० सांसदसहित कोशीमा फेरि एमालेको सरकार बन्छ : केपी ओली

सफल खबर संवाददाता

शुक्रबार, ०८ भदौ २०८०, १५ : ०३
५० सांसदसहित कोशीमा फेरि एमालेको सरकार बन्छ : केपी ओली

विराटनगर। एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले गैरसंविधानिक काम गर्दा आफू अचम्ममा परेको बताएका छन् ।कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्ष इस्राइल मन्सुरीले हस्ताक्षर गरेको प्रसङ्गलाई संकेत गर्दै ओलीले कांग्रेसजस्तो पुरानो पाटीले संविधान नमानेको देख्दा अचम्म लागेको बताए ।

‘माओवादीले संविधान मान्दिन भनेर हतियार उठाएर गएको थियो’, विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘अहिले पनि मानेको छैन । तर कांग्रेसजस्तो पुरानो पार्टीले संविधानको खिल्ली उडाएको देख्दा अचम्म लागेको छ ।’

 

गठबन्धनले असंवैधानिक गतिविधि गरेकोसमेत उनले आरोप लगाएका छन् ।उपसभामुखलाई किन बिरामी पार्नु भएको भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ओलीले गठबन्धनले जे जे असंवैधानिक गर्छ त्यसमा एमालेले साथ दिन्छ भन्ने कुरा नभएको बताए ।उनले कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् । ५० सांसदसहित अब कोशी प्रदेशमा एमालेको सरकार बन्ने ओलीको दाबी छ ।

अहिलेको सत्ता गठबन्धन र खास गरेर सरकारको नेतृत्व गरेको माओवादीले द्वन्द्व बढाएको बताएका छन् । ‘समाजवादी मोर्चाले समस्या पारेको छ । एकातिर प्रदेशको नामको पक्षमा भोट हाल्छ एको तिर बाहिर आउँछ ढुङ्गा मुढा गर्छ मान्छे मराउँछ । प्रचण्डको पार्टी, माधव नेपालको पार्टी र जसपाले द्वन्द्व बढाइरहेका छन्’ उनले भने ।

अहिलेको सरकारले साम्प्रदायिक द्वन्द्व बढाउने काम गरिरहेका समेत उनले आरोप लगाएका छन् ।देशको आर्थिक विकासका लागि दलहरू मिल्नु पर्ने उनको भनाइ छ । उनले गिरीबन्धु टी स्टेटको कुरा निकालेर सरकारले ‘चिल आयो चिल आयो’ भनेर कुखुरा चोर्ने काम मात्रै गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस