धादिङको गजुरीमा बुधबार भएको बस दुर्घटनामा ज्यान गुमाउने आठैजनाको सनाखत भएको छ।
काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान पृथ्वी राजमार्गमा पर्ने धादिङको गजुरी गाउँपालिका २ चालिसेबाट त्रिशूली नदीमा खसेको थियो।
दुर्घटनामा ज्यान गुमाउने आठै जनाको सनाखत भएको इलाका प्रहरी कार्यालय गजुरीका डीएसपी मदनबहादुर कुँवरले जानकारी दिए।
दुर्घटनामा ज्यान गुमाउनेमा म्याग्दीको रघुगंगा गाउँपालिका ३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका १ की १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका ८ का २० वर्षीय सुशिल रम्तेल, गजुरीकै १७ वर्षीय सविन रम्तेल, कास्कीको फुलबारी ११ का २४ वर्षीय सुमन थापा, पर्वतको जलजला गाउँपालिका ६ की ४२ वर्षीया राधिका सापकोटा, पर्वतकै मोदी गाउँपालिका ५ का ४५ वर्षीय झपटबहादुर क्षेत्री र म्याग्दीको धौलागिरी गाउँपालिका ५ का ७२ वर्षीय टेकबहादुर छन्त्याल छन्।
दुर्घटनामा परेको बसमै सवार म्याग्दीको मंगला गाउँपालिका २ का ३६ वर्षीय हरि अरमोजा दुर्घटनापछि बेपत्ता छन्।
‘उहाँ सोही बसमा चढेर काठमाडौंबाट घर फर्किंदै गरेको जानकारी आफन्तले दिनुभएको छ,’ डीएसपी कुँवरले भने, ‘तर, उहाँलाई हामीले फेला पार्न सकेका छैनौँ। उहाँलाई नदीले बगाएको पनि हुनसक्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ भदौ २०८०, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते