स्थायी र स्वतन्त्र पत्रकारका लागि ३ वर्ष अवधिको प्रेस प्रतिनिधि प्रमाणपत्र

सफल खबर संवाददाता

बुधबार, ०६ भदौ २०८०, १६ : ३६
स्थायी र स्वतन्त्र पत्रकारका लागि ३ वर्ष अवधिको प्रेस प्रतिनिधि प्रमाणपत्र

काठमाडौं। सूचना तथा प्रशारण विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि ३ वर्षको हुने भएको छ ।तर यस्तो व्यवस्था स्थायी र स्वतन्त्र पत्रकारहरूको लागि मात्रै लागू हुने विभागले जनाएको छ ।

‘यस विभागबाट जारी भएका प्रेस प्रतिनिधि प्रमाणपत्र एक वर्ष अवधिको लागि कायम रहने र प्रत्येक वर्ष नवीकरण हुने गरेकोमा अब उप्रान्त स्थायी र स्वतन्त्र पत्रकारको हकमा प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष कायम गरिने तथा अस्थायी प्रमाणपत्रको हकमा साविक कै व्यवस्था निरन्तर रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारीको लागि अनुरोध छ’ विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै अस्थायी प्रमाणपत्रको हकमा साविककै व्यवस्था कायम रहने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस