पत्रकार क्षेत्रीको निधनप्रति चलचित्र पत्रकार संघद्वारा शोक व्यक्त

सफल खबर संवाददाता

बुधबार, ०६ भदौ २०८०, १५ : ३२
पत्रकार क्षेत्रीको निधनप्रति चलचित्र पत्रकार संघद्वारा शोक व्यक्त

काठमाडौँ । चलचित्र पत्रकार संघ नेपालले कास्की शाखाकी कार्यसमिति सदस्य रोशनी क्षेत्री (एलिजा)को भदौ ५ गते मंगलबार भएको असामयिक निधनप्रति चलचित्र पत्रकार संघ नेपालले शोक व्यक्त गरेको छ । संघले बुधबार एक विज्ञाप्ति जारी गर्दै क्षेत्रीको निधनले चलचित्र पत्रकार संघ नेपाल मर्माहत र स्तब्ध भएको जनाएको छ ।

‘विगत ७ वर्षदेखि निरन्तर चलचित्र पत्रकारितामा क्रियाशील रहनु भएकी रोशनी क्षेत्री (एलिजा) को निधनप्रति दुःख व्यक्त गर्दै संघ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ’ संघका केन्द्रित सचिव उद्धव रसाइलीद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ ‘चलचित्र पत्रकारिताको क्षेत्रमा उनले पुर्‍याएको योगदानको कदर गर्दै संघले उनको स्मरण गरिरहने उल्लेख छ ।’

संघले दिवगंत रोशनी क्षेत्री (एलिजा) को आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनामा गहिरो समवेदना प्रकट गरेको छ ।पोखराको माछापुच्छे एफएमबाट पत्रकारिताको थालनी गरेकी क्षेत्रीले परिचय डटकम र रेडियो अन्नपूर्णलगायत मिडियामा काम गरेकी छन् । 

पत्रकार क्षेत्रीले सोमबार शरीरमा पेट्रोल छर्केर आत्महत्या गरेकी थिइन् । २५ वर्षीया एलिजाले पोखरा–८ जाल्पारोडस्थित आफ्नै निवासमा आत्मदाह गरेको बताइन्छ । क्षेत्रीको मंगलबार साँझ सेती किनारस्थित शान्तिघाट अन्त्येष्टि गरिएको छ । मृतक एलिजाको अघिल्लो वर्ष मात्र विवाह भएको थियो । 

प्रतिक्रिया दिनुहोस