काठमाडौँ । नेपाली कांग्रेसले पोलिसी ह्याकाथनका लागि ‘निर्णायक मण्डल’ बनाएको छ । मंगलबार कांग्रेसले सात सदस्यीय निर्णायक मण्डलको नाम सार्वजनिक गरेको हो । जसमा अर्थशास्त्री डा समीर खतिवडा, प्राकृतिक सम्पदा विज्ञ सन्तोषमणि नेपाल, जलवायु विज्ञ डा रिता सिंह, प्राध्यापक प्रा डा राजेश राई, शिक्षक नरोत्तम अर्याल, सुशासन तथा नेतृत्व विज्ञ डा पुकार मल्ल र शिक्षक स्वस्तिका श्रेष्ठ रहेका छन् ।
पोलिसी ह्याकाथनका लागि कांग्रेसले साउन २७ गते आवेदन खुला गरेको थियो । भदौ ३ गतेबाट आवेदन बन्द भएको छ । कार्यक्रमका संयोजन युथ कांग्रेसका अध्यक्ष सचिन तिमल्सेनाका अनुसार पोलिसी ह्याकाथनमा २२७ टोलीको नित पत्रसहित आवेदन प्राप्त भएको कांग्रेसले जनाएको छ ।
सहभागी मध्ये निर्णायक मण्डलले उत्कृष्ट १० टोली छनोट गरे पश्चात् कांग्रेस केन्द्रीय कार्यालयमा भदौ ९ गते ‘ग्रान्ड फाइनल’ मा प्रतिस्पर्धा गराइने छ।प्रतिस्पर्धामा विजयी ३ टोलीलाई क्रमशः ३ लाख, १.५ लाख र ५० हजार नगद प्रदान गरिनेछ । उत्कृष्ट छनौट भएका नितिपत्रहरुलाई नेपाली कांग्रेसले ग्रहण गर्ने कांग्रेसले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ भदौ २०८०, १२ : ४९
लेखकबाट थप