सुन तोलामा १ सय रुपैयाँले बढ्यो,कतिमा हुदैँछ कारोबार ?

सफल खबर संवाददाता

बुधबार, ०६ भदौ २०८०, ११ : ३३
सुन तोलामा १ सय रुपैयाँले बढ्यो,कतिमा हुदैँछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँमा करोबार भएको छापावाला सुनको मूल्य आज १ सय रुपैयाँले बढेको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १ सय रुपैयाँले नै बढ्दै १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढ्दै १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस