महिला टि–२० क्रिकेट : आज कुवेतसंग प्रतिस्पर्धा गर्दै नेपाल

सफल खबर संवाददाता

बुधबार, ०६ भदौ २०८०, ११ : २४
महिला टि–२० क्रिकेट : आज कुवेतसंग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । मलेसियामा जारी महिला टि–२० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा नेपालले आज कुवेतसंग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा मंगलबार हङकङलाई ६ विकेटले हराएको नेपाल आज बुधबार कुवेतसंग खेल्न लागेको हो ।

मलेसियाको वायुमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा भदाै ५ गते मंगलबार भएको खेलमा हङकङले दिएको ८५ रनको चुनौती नेपालले १५ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा ग¥यो ।

खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९ ओभर १ बलमा अलआउट हुँदै ८४ रन बनाएको थियो । नेपालका लागि सम्झना खड्काले अविजित ३६ रन बनाइन् ।

 

प्रतिक्रिया दिनुहोस