काठमाडौं।‘हिमालयन आर्ट फेस्टिभल’ ई–आर्टस् नेपालले नेपालकै सबैभन्दा स्तरीय र वृहत् कला प्रदर्शनी गर्ने भएको छ । प्रदर्शनी यही भदौ ७ गतेदेखि १३ गतेसम्म नेपाल आर्ट काउन्सिलमा हुने आयोजकले जनाएको छ ।
इ–आर्टस् नेपालले सन् २०१७ देखि निरन्तररूपमा हरेक वर्ष दशैंको पूर्वसन्ध्यामा कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।करिब ८० कलाकारहरूको सिर्जनालाई यस वर्षको प्रदर्शनीमा राखिने छ ।
साथै ‘टु डी’ र ‘थ्री’ डी डाइमेनसनका नेपाली कलाकाहरूको कलालाई आम जनमानसमा पुर्याउन प्रदर्शनीको आयोजना गरिएको इ–आर्टस् नेपालले जनाएको छ ।यसबारेमा थप जानकारी दिनका लागि इ–आर्टस् नेपालले भोलि (बुधावार) बिहान ११ बजे नेपाल आर्ट काउन्सिल, बबरमहलमा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ भदौ २०८०, १३ : २१
लेखकबाट थप