काठमाडौ । कुटपिटबाट घाइते भएका युवकको मृत्यु भएपछि रुकुम पूर्व प्रहरीले पाँचजना युवालाई पक्राउ गरेको छ।
कुटपिटबाट भूमे गाउँपालिका–५ का २८ वर्षीय अन्जान बुढा मगरको मृत्यु भएपछि प्रहरीले कुटपिटमा संलग्न रहेको आरोपमा स्थानीय पाँच युवालाई पक्राउ गरेको हो।
१ भदौमा भएको कुटपिटबाट गम्भीर घाइते भएका बुढाको ३ भदौमा उपचारको क्रममा कोहलपुर मेडिकल कलेज बाँकेमा मृत्यु भएको थियो।
कुटपिटमा संलग्न भएको किटानी जाहेरी परेपछि सोही ठाउँका ३१ वर्षीय चन्द्रबहादुर बुढा, २८ वर्षीय भाग्य बुढा, २५ वर्षीय ताराबहादुर बुढा, २५ वर्षीय रस्तबहादुर बुढा र २५ वर्षीय हस्तबहादुर बुढा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए।
पाण्डेका अनुसार भदौ १ गते गाई गोठबाट घरतिर फर्कने क्रममा बुढालाई उनीहरुले निर्घात कुटपिट गरेका थिए। कुटपिटको कारण खुलेको छैन।
पक्राउ परेकाहरुलाई कर्तब्य ज्यान सम्बन्धी कसुररमा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ भदौ २०८०, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु
जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु
सर्पको डसाइबाट महिलाको मृत्यु
सुर्खेत प्रहरी हिरासतमा एक थुनुवाको मृत्यु
तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु