काठमाडौ । कुटपिटबाट घाइते भएका युवकको मृत्यु भएपछि रुकुम पूर्व प्रहरीले पाँचजना युवालाई पक्राउ गरेको छ।
कुटपिटबाट भूमे गाउँपालिका–५ का २८ वर्षीय अन्जान बुढा मगरको मृत्यु भएपछि प्रहरीले कुटपिटमा संलग्न रहेको आरोपमा स्थानीय पाँच युवालाई पक्राउ गरेको हो।
१ भदौमा भएको कुटपिटबाट गम्भीर घाइते भएका बुढाको ३ भदौमा उपचारको क्रममा कोहलपुर मेडिकल कलेज बाँकेमा मृत्यु भएको थियो।
कुटपिटमा संलग्न भएको किटानी जाहेरी परेपछि सोही ठाउँका ३१ वर्षीय चन्द्रबहादुर बुढा, २८ वर्षीय भाग्य बुढा, २५ वर्षीय ताराबहादुर बुढा, २५ वर्षीय रस्तबहादुर बुढा र २५ वर्षीय हस्तबहादुर बुढा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए।
पाण्डेका अनुसार भदौ १ गते गाई गोठबाट घरतिर फर्कने क्रममा बुढालाई उनीहरुले निर्घात कुटपिट गरेका थिए। कुटपिटको कारण खुलेको छैन।
पक्राउ परेकाहरुलाई कर्तब्य ज्यान सम्बन्धी कसुररमा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ भदौ २०८०, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरीमा डुबेर युवकको मृत्यु
माटोको ढिस्कोले पुरिएर किशोरीको मृत्यु
टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
रुपन्देहीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
खामेनीको मृत्यु र विश्वको सावधानीपूर्ण प्रतिक्रिया
झापामा कार र मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु