शीतल निवासमा सर्वदलीय बैठक जारी

सफल खबर संवाददाता

मंगलबार, ०५ भदौ २०८०, ०९ : २३
शीतल निवासमा सर्वदलीय बैठक जारी

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक बसिरहेको छ। 

पूर्वनिर्धारित कार्यक्रमबमोजिम राष्ट्रपतिले आज बिहान सबै राजनीतिक दललाई छलफलका लागि शीतल निवास बोलाएका हुन्। 

खासगरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एक महिनादेखि संसद्‌मा गरिरहेको अवरोध खुलाउने विषयमा राष्ट्रपतिले आइतबार नै आह्वान गरेको सर्वदलीय बैठक आज बसेको हो। 

प्रतिक्रिया दिनुहोस