काठमाडौं । संसद्को अवरोध खुलाउन सभामुख देवराज घिमिरेले राखेको दलका प्रमुख सचेतक र सचेतकहरूसँगको बैठक विनानिष्कर्ष सकिएको छ। बैठकमा सत्ता र प्रमुख प्रतिपक्ष दुवैले आफ्नो अडान नछाड्दा बैठकमा कुरा नमिलेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए।
उनले भने, ‘अहिले सत्तापक्ष र प्रतिपक्षको अडान उही छ। अझै प्रतिपक्षले हामी बलियोसँग उभिन्छौँ भन्ने अडान राखेको छ। अब यहाँ कुरा मिल्न सकेन। अब प्रधानमन्त्रीले डाक्नुभएको बैठकमा कुरा मिल्ला कि भन्ने अपेक्षा छ।’
बैठकमा आफूले दुवैतर्फको अडानले संसद्लाई बन्दी बनाउँदा राम्रो नगरेको बैठकमा राखेको बताए। उनले भने, ‘सदनमा अन्य दल पनि छन्। जनमतको लोकप्रियता पनि बुझ्नुभएको छ। हामी जनताबाट आएको हौँ फेरि जनतामै फर्किएर कुरा राख्छौैं तर, यहाँ व्यवस्थामाथि नै प्रश्न उठ्यो।’
बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक र प्रमुख सचेतक सहभागी थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ भदौ २०८०, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले संसद् सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ: सभामुख
जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ: सभामुख घिमिरे
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त
संसद् पुनर्स्थापनाबारे काँग्रेस र एमालेद्वारा सभामुखसँग छलफल
लुम्बिनीका सभामुखद्वारा ५ जनाको स्वकीय सचिवालय विघटन
मधेशमा सभामुखले पदमुक्त गरेका सांसदद्वारा हाजिरी र कारबाहीको नक्कल माग