संसद्को गतिरोध अन्त्यबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु

सफल खबर संवाददाता

आइतबार, ०३ भदौ २०८०, १३ : १७
संसद्को गतिरोध अन्त्यबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु

काठमाडौं । संसदको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलसँगको छलफल सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारमा आइतवार दिउँसो छलफल सुरु भएको हो ।

झण्डै एक महिनादेखि अवरुद्ध प्रतिनिधि सभाको बैठक सुचारु गर्न बैठक बोलाइएको हाे ।  संसद्‍मा प्रतिनिधित्व गर्ने सबै राष्ट्रिय दलका प्रतिनिधिहरु पुगेका छन्। तर बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित छन्। 

प्रतिक्रिया दिनुहोस