काठमाडौँ । प्रतिनिधि सभाको बैठक भोलि बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुने छ ।
संसद् सचिवालयका अनुसार बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनेछन् ।
सभामुख घिमिरेले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनेछन् ।
यस्तै, उनले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा सभामुख घिमिरेले सांसद टोपबहादुर रायमाझीको पद निलम्बन भएको जानकारी गराउनेछन् । उनले सांसद सुनिलकुमार शर्मा पक्राउ परेको र थुनामुक्त भएको जानकारी पनि गराउनेलगायत सम्भावित कार्यसूचीमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ भदौ २०८०, २१ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ
प्रतिनिधि सभा पुनर्स्थापनाका लागि एमाले अदालत जाने
संसद् सचिवालयद्वारा प्रतिनिधि सभाको छैटौँ अधिवेशनका कामकारवाहीको विवरण सार्वजनिक
बहुविवाहलाई कानुनी मान्यता दिन खोजिएको हो ? भन्दै कानुन मन्त्रीलाई एमाले सचेतकको प्रश्न
प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर (पुर्णपाठ)
विगतका घटनाबाट पाठ सिकेर विपद् प्रतिकार्यमा जुट्न सरकारलाई प्रचण्डको आग्रह