काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुन तस्करी प्रकरणमा एमालेले उठाएका माग सम्बोधन भए मात्र संसद् सञ्चालन हुने बताएका छन्।
शनिबार पर्साको वीरगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले संसदमा प्रतिपक्षका कुरा सुन्नै नचाहने, बोल्नै नदिने र कुरा उठाउनसमेत बन्देज लगाउने जस्ता कार्य गरिरहेकाले संसद् अवरुद्ध गर्नुपरेको उनले स्पष्ट पारे।
‘हामीले कुनै जटिल वा अप्ठ्यारो माग राखेका छैनौँ। उच्चस्तरीय छानबिन आयोग बनाउन भनेका हौँ, सत्तापक्षले प्रतिपक्षको सामान्य कुरा समेत सुन्न नचाहेकाले यस्तो परिस्थिति सिर्जना भएको छ,’ उनले भने, ‘हामीले उठाएको आयोग गठनको माग सम्बोधन गर्न तयार भए संसद सञ्चालन हुन्छ।’
उनले सत्तापक्षकै कतिपय ठूला नेताहरू मुछिएको देखिएपछि स्वच्छ र निष्पक्ष छानबिन हुनेमा आशङ्का उब्जिएको हुँदा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरिएको स्पष्ट पारेका छन्।
महासचिव पोखरेलले सुन तस्करीमा पक्राउ परेका चिनियाँ व्यापारीसँग माओवादीका नेताको अस्वाभाविक फोन संवादले सुन तस्करीमा संलग्नता पुष्टि गर्ने बताएका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ भदौ २०८०, १८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुनै दलसँग गठबन्धन नगरेको एमालेको स्पष्टोक्ति
एमालेको ‘सहकार्य’ प्रस्ताव प्रचण्डद्दारा निरन्तर अश्वीकार
बीबीसी डकुमेन्ट्रीप्रति एमाले महासचिव पोखरेलको प्रतिक्रिया : भूराजनीतिक चलखेलको संकेत
एमाले पूर्वसांसद जानकी देवी नेकपा प्रवेश
एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप : आज दमक र गौरीगञ्जका १३ वटा टोलमा पुग्दै
एमाले छाडेकी निवर्तमान सांसद थपलिया रास्वपामा प्रवेश