कर वृद्धि समस्यालाई सम्बोधन नगरे संघीयता टिक्दैन : हृदयेश त्रिपाठी

सफल खबर संवाददाता

सोमबार, २८ साउन २०७५, १६ : ५०
कर वृद्धि समस्यालाई सम्बोधन नगरे संघीयता टिक्दैन : हृदयेश त्रिपाठी

काठमाडौँ । सांसद हृदयेश त्रिपाठीले करविरुद्धको आन्दोलन सुरु भइसकेको भन्दै तत्काल कर वृद्धिको समस्या सम्बोधन नभए संघीयता नटिक्ने चेतावनी दिनुभएको छ ।
स्थानीय सरकारले मनोमानि ढंगले कर लगाउने काम गरिरहेको भन्दै उहाँले त्यसतर्फ तत्काल गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा सांसद त्रिपाठीले कर वृद्धिको समस्या सम्बोधन समयमै गर्न नसक्ने हो भने त्यसले संघियतालाई खतरामा पार्ने बताउनुभयो ।
मनोमानी ढंगले कर थोपर्ने काम भईरहेको भन्दै सांसद त्रिपाठीले कर वृद्धिलाई आम जनताले निर्वाचनले दिएको उपहार भन्ने बुझ्न थालिसेकेको टिपपणी गर्नुभयो । उहाँल  संघीयताको विफलताभन्दा पनि कर प्रणाली र कर शैलीको विफलता भएको भन्दै कर वृद्धिको समस्या अबिलम्ब सम्बोधन गर्न सरकारसंग माग गर्नुभयो ।
सांसद त्रिपाठीले चिनी मिल मालिकहरुको अगाडि सरकार लाचार भएको आरोप पनि लगाउनुभयो । अझै पनि उखु किसानले सरकारले घोषणा गरेको मूल्य पाउन नसकेको भन्दै उहाँले एक बर्षदेखि बाँकी रहेको किसानको रकम भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस