काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद सुनिल शर्माले आफूलाई संसदमा बोल्न नदिए पार्टीभित्रै विद्रोह गर्ने चेतावनी दिएका छन् ।
सांसद शर्माले पार्टी संसदीय दलको बैठकमा आफूले संसदमा बोल्न नपाए बिद्रोह गर्ने धारणा राखेको बताए । आइतवार बसेको पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीमाझ उनले यस अघि पनि पार्टीका प्रमुख सचेतक रमेश लेखकले बोल्न नदिएपछि आफूले बिद्रोहीको रुपमा संसदमा बोल्नुपरेको खुलासा गरे ।
उनले भने, ‘हाम्रो पार्टीको आज संसदीय दलको मिटिङ थियो । मैले चाँही म एरेष्ट भएको विषयमा पार्टीका नेताहरुलाई ब्रिफिङ गरेँ । र, अर्को कुरा चाँही मैले मेरो पार्टी, नेपाली काँग्रेस पार्टीका सबै सभासदहरुले मलाई दुःखको समयमा गर्नुभएको साथ, सहयोगप्रति चाहीँ मैले धन्यवाद ज्ञापन गरेँ । र, मैले आफ्नो कुराहरु निर्धक्कका साथ राखेँ । मैले मेरो स्ट्याण्डलाई कायमै राखेँ ।’
सांसद शर्माले आफूलाई सरकारले गैरकानूनी ढंगले थुनेकाले त्यसको बिरोधमा उत्रनुपर्ने अवस्था आएको पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ साउन २०८०, २० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
पुस ११ भित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण पठाइसक्न काँग्रेसको परिपत्र
केपी ओलीको क्षेत्रमा कांग्रेसबाट प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस
कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै