काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद सुनिल शर्माले आफूलाई संसदमा बोल्न नदिए पार्टीभित्रै विद्रोह गर्ने चेतावनी दिएका छन् ।
सांसद शर्माले पार्टी संसदीय दलको बैठकमा आफूले संसदमा बोल्न नपाए बिद्रोह गर्ने धारणा राखेको बताए । आइतवार बसेको पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीमाझ उनले यस अघि पनि पार्टीका प्रमुख सचेतक रमेश लेखकले बोल्न नदिएपछि आफूले बिद्रोहीको रुपमा संसदमा बोल्नुपरेको खुलासा गरे ।
उनले भने, ‘हाम्रो पार्टीको आज संसदीय दलको मिटिङ थियो । मैले चाँही म एरेष्ट भएको विषयमा पार्टीका नेताहरुलाई ब्रिफिङ गरेँ । र, अर्को कुरा चाँही मैले मेरो पार्टी, नेपाली काँग्रेस पार्टीका सबै सभासदहरुले मलाई दुःखको समयमा गर्नुभएको साथ, सहयोगप्रति चाहीँ मैले धन्यवाद ज्ञापन गरेँ । र, मैले आफ्नो कुराहरु निर्धक्कका साथ राखेँ । मैले मेरो स्ट्याण्डलाई कायमै राखेँ ।’
सांसद शर्माले आफूलाई सरकारले गैरकानूनी ढंगले थुनेकाले त्यसको बिरोधमा उत्रनुपर्ने अवस्था आएको पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ साउन २०८०, २० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा