सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादीको निर्णय

सफल खबर संवाददाता

आइतबार, २८ साउन २०८०, ०७ : ४१
सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादीको निर्णय

काठमाडौं । जनमत पार्टीलाई सरकारमा सहभागी गराउनका लागि नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । मन्त्री मोदी फिर्ता भएसँगै जनमतबाट उक्त मन्त्रालयको जिम्मेवारी अनिता देवी साहले सम्हाल्न लागेकी छन् ।

मोदी मोरङ क्षेत्र नम्बर ४ बाट २०७९ को निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । त्यसअघिको निर्वाच्नमा पनि उनी सांसद बनेका थिए । गत माघ ३ गते मोदी पहिलो पटक मन्त्री बनेका थिए।

प्रतिक्रिया दिनुहोस