राजधानीको नरदेवीमा लागेको आगलागी नियन्त्रण

सफल खबर संवाददाता

आइतबार, २८ साउन २०८०, ११ : ००
राजधानीको नरदेवीमा लागेको आगलागी नियन्त्रण

काठमाडौँ । काठमाडौँको नरदेवीमा लागेको आगलागी नियन्त्रणमा आएको छ । आइतबार काठमाडौं महानगरपालिका, वडा नम्बर १८, नरदेवीस्थित घरमा लागेको आगलागी नियन्त्रणमा आएको हो ।

सर्ट सर्किट भई भएको आगलागी अन्य निकायहरु तथा स्थानीयको सहयोगमा नेपाली सेनाको फायर फाइटिङ टोलीले नियन्त्रणमा लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस