काठमाडाैं । रौतहटकाे चन्द्रपुर नगरपालिका-१ बस्ने ५० वर्षीय पूर्णबहादुर तामाङलाई अवैध लागूऔषध गाँजा १६ किलोसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी पौरईबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो।
बाँकेकाे कोहलपुर नगरपालिका-११ स्थित मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कार्यालय परिसरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम र नगद ५ हजार १ सय १० रूपैयाँसहित सोही नगरपालिका-४ किरणनाल बस्ने ३२ वर्षीय रेशम जैसीलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा उक्त परिसरभित्र पार्किङ गरी राखेको भे.१ च १७४९ नम्बरको एम्बुलेन्स जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक जैसीलाई एम्बुलेन्ससहित पक्राउ गरेको हो ।
झापाकाे मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ ३ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बस्ने २१ वर्षीया मनिषा दनुवार र उनकै श्रीमान २१ वर्षीय अभय राजवंशी रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ साउन २०८०, १६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विभिन्न कारागारबाट भागेका ७ जना कैदी झापाबाट पक्राउ
स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
७३० राउण्ड गोली सहित ८ जना पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ