सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ काराेबार ?

सफल खबर संवाददाता

बुधबार, २४ साउन २०८०, ११ : १८
सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ सय र चाँदी ३५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर १ लाख १२ हजार र तेजावी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भैरहेको छ ।

कारोबारको अघिल्लो दिन छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर १ लाख १२ हजार १ सय र तेजावी सुनको मूल्य १ लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भैरहेको थियो ।

त्यस्तै, आज नेपाली बजारमा चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस