काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा ४०० रुपैयाँले सुनको मूल्य घटेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० रुपैयाँ कायम थियो । जुन यो साताको शुक्रबारसम्म आइपुग्दा ४०० रुपैयाँले घटेर १ लाख १२ हजार २०० रुपैयाँमा आइपुगेको हो ।
यो साताको आइतबार ३०० ले बढेको सुनको मूल्य सोमबार ३०० ले नै घटेको थियो । मंगलबार पुनः ४०० रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँ पुगेको थियो भने बुधबार फेरि ६०० को गिरावट आएको थियो । जसमा बिहिबार २०० रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार स्थिर कायम थियो ।
यस्तै, यो चाँदीको मूल्यमा प्रतितोला २५ रुपैयाँको गिरावट आएको छ । गत साताको शुक्रबार तोलामा १४ सय ५० रुपैयाँ रहेको चाँदी यो साताको शुक्रबार १४ सय २५ रुपैयाँमा आइपुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० साउन २०८०, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साढे १४ हजारले बढ्यो आज सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
तोलामा ३७ सयले बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्यमा एकै दिन २० हजार ५ सय रुपैयाँले वृद्धि, नयाँ कीर्तिमान
सुन तोलाको ३ लाख १८ हजार पुग्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्यमा अर्को कीर्तिमान, एकैदिन ५ हजार २ सयले बढ्यो
आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?