काठमाडौँ । सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति भएको छ । बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री रञ्जिता श्रेष्ठ चौधरीको रोहबरमा सहमति भएको हाे ।
सहमतिपछि माइतीघरमा २ महिनादेखि आन्दोलनमा रहेको सहकारी पिडितले आन्दोलन स्थगित गर्ने भएका छन् ।सहकारी पीडित र सरकारबीच सहकारी संस्थाका बचतकर्ताहरुको बचत फिर्तालाई सुरक्षा प्रदान गर्न तत्काल बचत तथा कर्जा सुरक्षण कोष स्थापनाका लागि कार्य प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।
सहकारी संस्थामा देखिएका विकृति, विसङ्गति हटाई सहकारीको मूल्य, मान्यता र सिद्धान्त अनुसार सहकारी क्षेत्रको सुधार गर्न विद्यमान कानुनी व्यवस्थाभित्र तत्काल सुधार गर्न सकिने र कानुन संशोधन गर्नुपर्ने भए त्यस्तो विषयमा समेत तत्काल मन्त्रालय, सहकारी विभाग र समस्याग्रस्त व्यवस्थापन समितिबाट आवश्यक गृहकार्य अघि बढाउने पनि सहमति भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ साउन २०८०, १८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहकारी पीडितले माइतीघरमा अर्धनग्न प्रदर्शन
माइतीघरमा प्रहरी र सहकारीपीडितबीच झडप, तीनजना घाइते
पोखरामा निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला नहुन सीडीओको आदेश
रास्वपाको प्रदर्शनपछि सहकारी पीडित पनि सडकमा, रविलाई पक्राउ गर्न माग
आफ्ना कुरा राख्न सहकारी पीडितहरू संसदीय विशेष समितिमा
सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन